फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी « Khabarhub

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि फेरि फिल्म निर्देशनमा फर्किने तयारी गरिरहेको पुष्टि गरेकी छिन्।

हाल उनी आफ्ना हल्काफुल्का र रमाइला युट्युब ब्लग्समार्फत दर्शकको मन जित्दै आएकी छिन्। तर उनका फ्यानहरू भने वर्षौंदेखि उनलाई पुनः निर्देशनको कुर्सीमा देख्न आतुर थिए।

‘मैं हूं ना’, ‘ओम शान्ति ओम’ र ‘तीस मार खान’ जस्ता हिट फिल्महरू निर्देशन गरेकी फराहले यो जानकारी हालैको एक ब्लगमार्फत सार्वजनिक गरिन् ।

मुम्बईमा अभिनेता नकुल मेहताको घरमा भएको भेटका क्रममा उनले यो वर्षको अन्त्यसम्म नयाँ फिल्मको काम सुरु गर्ने योजना रहेको खुलासा गरिन् । फराहले आफ्नो आगामी निर्देशन शाहरुख खानसँगै गर्ने संकेत पनि दिएकी छिन् । उनले भनिन्, ‘यदि म फेरि फिल्म निर्देशन गर्छु भने त्यो शाहरुख खानसँगै हुनेछ। नत्र भने म पर्खन्छु र युट्युबमै काम गरिरहन्छु।’

निर्देशक फराह र अभिनेता शाहरुखको जोडी बलिउडमा पहिलेदेखि नै सफल मानिन्छ। फिल्म  ‘ओम शान्ति ओम’ ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको थियो र यही फिल्मबाट अभिनेत्री दीपिका पादुकोणले बलिउड डेब्यू गरेकी थिइन् ।

फराह खानले पछिल्लो पटक ‘ह्याप्पी न्यू इयर’ निर्देशन गरेकी थिइन्, जसमा शाहरुख खान, दीपिका पादुकोण, सोनु सूद र बोमन ईरानी मुख्य भूमिकामा थिए। २०१४ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो।

उता, शाहरुख खानलाई पछिल्लो पटक २०२३ मा ‘डंकी’ फिल्ममा देखिएको थियो। उनको आगामी फिल्म ‘किंग’, निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बन्नेछ। यस फिल्ममार्फत शाहरुख पहिलो पटक आफ्नी छोरी सुहाना खानसँग पर्दा साझा गर्नेछन्।

फराह खानको निर्देशनमा पुनरागमन र शाहरुखसँगको सम्भावित सहकार्यले बलिउडमा नयाँ उत्साह थपिएको छ। फ्यानहरू अब यो जोडीको अर्को धमाकेदार फिल्मको प्रतीक्षामा छन्।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ४९ बजे

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई

पाँच दिनपछि धुञ्चेमा ‘जेनेरेटर’ : निःशुल्क मोबाइल चार्ज, टुटेको आशालाई जोड्दै

रसुवा– जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि  ‘जेनेरेटर’ ल्याइएको