काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई झापामा युवाहरुले साथ दिन थालेका छन् ।
बुधबार बिहान नेकपा (एमाले)निकट युवा संघ दमक नगरका अध्यक्ष छबि खतिवडा एमाले पक्षमा खुलेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत् परिवर्तनको पक्षमा लागेको र बालेनको चुनावी अभियानमा सक्रिय हुने बताएका हुन् ।
बालेनको फोटो राखेर छविले फेसबुकमा लेखेका छन्, ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।’
काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग चुनाव लड्न पुगेका बालेनले बुधबार बिहानैदेखि मतदाता भेट्न थालेका छन् ।













प्रतिक्रिया