चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन « Khabarhub

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः स्थापना केन्द्रहरूलाई आवश्यक विवरणसहित कागजात जिल्ला प्रशासन कार्यालय, चितवनमा पेश गर्न निर्देशन दिएको छ ।

बुधबार एक सुचना जारी गर्दै जिल्लाभित्र रहेका सबै केन्द्रबाट विवरण माग गरेको हो । गृह मन्त्रालयको च.नं.७९८ र मिति २०८२-०१-०८ को पत्र तथा लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनः स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ अनुसार केन्द्रहरूको अभिलेख अद्यावधिक गर्न विवरण माग गरिएको प्रशासनले जनाएको छ ।

सूचनाअनुसार सम्बन्धित केन्द्रहरूले सूचना प्राप्त भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ । 

जिल्ला प्रशासन कार्यालयले माग गरेको विवरणमा उपचार तथा पुनः स्थापना केन्द्रको दर्ता प्रमाणपत्र, सञ्चालकको नाम, ठेगाना र सम्पर्क नम्बर, गृह मन्त्रालयमा आबद्धताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र वा लेखा परीक्षण प्रतिवेदन, नवीकरण भएर नभएको विवरण तथा हाल उपचाररत बिरामीको संख्या (महिला/पुरुष) समावेश रहेको छ ।

समयमै विवरण पेश नगर्ने केन्द्रहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने संकेतसमेत प्रशासनले गरेको छ । सूचना जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासनिक अधिकारीद्वारा जारी गरिएको हो ।
 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १ : ५९ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति