दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा « Khabarhub

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् ।     

क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । 

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ४४ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः