नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी « Khabarhub

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गठन गरिएको शान्ति बोर्डमा सामेल हुन सहमति जनाएका छन् । यसअघि नेतान्याहुको कार्यालयले बोर्डको कार्यकारी समितिको संरचनाप्रति आपत्ति जनाए पनि अन्ततः सहभागितामा सहमति बनेको हो ।

ट्रम्पको अध्यक्षतामा रहेको यो बोर्ड सुरुमा गाजामा युद्धविराम योजनाको अनुगमन गर्ने सीमित विश्व नेताहरूको समूहका रूपमा परिकल्पना गरिएको थियो । तर ट्रम्प प्रशासनले यसलाई फराकिलो बनाउँदै दर्जनौँ देशलाई निमन्त्रणा दिएको छ, जसले भविष्यमा विश्वव्यापी द्वन्द्व समाधानमा मध्यस्थता गर्ने संकेत दिएको छ ।

नेतान्याहुको कार्यालयले यसअघि कार्यकारी समितिमा क्षेत्रीय प्रतिद्वन्द्वी टर्की समावेश गरिएको विषयमा इजरायली सरकारसँग समन्वय नगरी निर्णय गरिएको भन्दै आपत्ति जनाएको थियो । 

इजरायलका अतिदक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले पनि बोर्डको आलोचना गर्दै गाजाको भविष्यमा इजरायलले एकतर्फी जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए ।

बोर्डमा संयुक्त अरब इमिरेट्स, मोरक्को, भियतनाम, बेलारुस, हङ्गेरी, कजाकिस्तान र अर्जेन्टिनाजस्ता देशहरू सहभागी भइसकेका छन् । बेलायत, रुस र युरोपेली सङ्घ (इयु) को कार्यकारी शाखाले निमन्त्रणा प्राप्त गरेको जनाए पनि अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

स्विट्जरल्याण्डको डाभोसमा भइरहेको विश्व आर्थिक मञ्चमा नेतान्याहुले बोर्डसम्बन्धी थप विवरण दिन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, कुन–कुन देश वा नेताहरू अझै सहभागी हुनेछन् भन्ने स्पष्ट भइसकेको छैन ।

बोर्डले संयुक्त राष्ट्रसङ्घलाई प्रतिस्थापन गर्ने हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘हुनसक्छ’ भन्दै राष्ट्रसङ्घले आफ्नो क्षमताअनुसार काम नगरेको टिप्पणी गरेका थिए । यसले विवाद उत्पन्न गरेको छ । फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले ट्रम्पको शान्ति योजनालाई समर्थन गरे पनि नयाँ सङ्गठन बनाएर राष्ट्रसङ्घ लाई प्रतिस्थापन गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

कार्यकारी बोर्डमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ट्रम्पका दूत स्टिभ विटकफ, ज्वाइँ जारेड कुशनर, बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, विश्व बैंकका अध्यक्ष अजय बङ्गालगायत उच्चस्तरीय व्यक्तित्वहरू समावेश छन् ।

ह्वाइट हाउसले गाजाका लागि छुट्टै कार्यकारी बोर्ड पनि घोषणा गरेको छ, जसले युद्धविरामको दोस्रो चरण कार्यान्वयन, अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथी, हमासलाई निःशस्त्रीकरण तथा गाजाको पुनर्निर्माणको निगरानी गर्नेछ । 

यस बोर्डअन्तर्गत गाजाको दैनिक प्रशासन चलाउने प्यालेस्टिनी टेक्नोक्रेटहरूको समितिको पनि निरीक्षण गरिनेछ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ५२ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ