ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता « Khabarhub

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक अफ गरेको केही समयमै वाशिंगटन फर्कनु परेको छ। व्हाइट हाउसका अनुसार विमानमा प्राविधिक समस्या देखिएको थियो।

प्रेस सेक्रेटरी क्यारोलिन लीविटले टेक अफपछि क्रुले विमानमा सानो इलेक्ट्रिकल समस्या पत्ता लगाएको बताइन्। सुरक्षाको दृष्टिले विमान फिर्ता ल्याउने निर्णय गरिएको थियो।

तर ट्रम्प केही समयपछि अर्को विमानबाट दावोसका लागि प्रस्थान गरे। उनी आज स्विट्जरल्यान्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरम (डब्लईएफ) मा सहभागी हुनेछन्।

ट्रम्प चार दशक पुरानो विमान प्रयोग गर्दै

ट्रम्पको आधिकारिक यात्राका लागि हाल बोइङ ७४७-२००बी एयरफोर्स वनको रूपमा प्रयोग भइरहेको छ। यस संस्करणमा दुईवटा विमान छन्, जुन करिब चार दशक पुराना हुन्। अमेरिकी विमान निर्माता बोइङले नयाँ विकल्प तयार गर्दैछ, तर यो प्रोजेक्टमा ढिलाइ भइरहेको छ।

गत वर्ष कतारको शाही परिवारले ट्रम्पलाई लग्जरी बोइङ ७४७-८ जम्बो जेट दिएको थियो, जसलाई एयरफोर्स वन फ्लीटमा समावेश गर्ने तयारी भइरहेको छ।

ट्रम्पको डाभोस एजेन्डा

ट्रम्प डाभोस पुगेर ग्रीनल्यान्डको भविष्य निर्धारण गर्ने एजेन्डा लिएर सम्बोधन गर्नेछन्। उनको भाषणले विश्वव्यापी राजनीतिक तनाव, व्यापार युद्ध र सुरक्षा मुद्दामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

भाषणपछि ट्रम्पले उच्चस्तरीय कार्यक्रमको पनि आयोजना गर्नेछन्, जसमा भारतका सात प्रमुख उद्योगीलाई निमन्त्रणा गरिएको छ।

डब्लुईएफका मुख्य बुँदा

ट्रम्प अमेरिका प्रतिनिधित्वको लागि सबैभन्दा ठूलो टोली लिएर आउनेछन्, जसमा पाँच क्याबिनेट मन्त्रीसमेत छन्। डाभोसमा पहिलो पटक अमेरिका लागि छुट्टै ‘युसएस हाउस’ निर्माण गरिएको छ।

कम्तीमा ६४ राष्ट्राध्यक्ष वा सरकार प्रमुख बैठकमा सहभागी हुनेछन्। पाकिस्तान पहिलोपटक ‘सूफी नाइट’ आयोजना गर्दैछ। १३० भन्दा बढी देशका ३,००० भन्दा बढी प्रतिनिधि बैठकमा सहभागी छन्।

भारतबाट चार केन्द्रीय मन्त्री, छ राज्यका मुख्यमन्त्री र १०० भन्दा बढी उद्योगी सहभागी छन्।

६ वर्षपछि डाभोसमा ट्रम्प

ट्रम्पले छ वर्षपछि डाभोसमा भाषण दिनेछन्। यस पटकको भ्रमण अमेरिका विदेश र व्यापार नीतिको नयाँ र आक्रामक दिशालाई स्पष्ट रूपमा देखाउने छ।

ग्रीनल्यान्ड र व्यापार नीति

ट्रम्प ग्रीनल्यान्डलाई अमेरिकी सुरक्षा र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मान्दै यसको प्रभाव सुनिश्चित गर्न चाहन्छन्। उनले यूरोप र अन्य देशहरूलाई ट्यारिफको चेतावनी पनि दिएका छन्।

नाटो, चीन र रूससबारे ट्रम्पको दृष्टिकोण

ट्रम्प यूरोपेली देशहरूलाई सुरक्षा खर्च बढाउन दबाव दिइरहेका छन्। चीन र रूससँग सम्बन्धित उनका निर्णय पनि यस बैठकमा महत्वपूर्ण हुनेछन्।

डाभोस २०२६ को महत्व

वर्ल्ड इकोनोमिक फोरम २०२६ जनवरी १९–२३ मा स्विट्जरल्यान्डको डाभोसमा हुँदैछ। यस वर्षको बैठकको मुख्य विषय ‘अ स्प्रिट अफ डाइलग’ अर्थात् ‘संवादको भावना’ रहेको छ।

विश्व युद्ध, ट्यारिफ युद्ध, आर्थिक मन्दीको सम्भावना, जलवायु संकट र प्रविधिमा परिवर्तनले सरकार र कम्पनीहरूलाई नयाँ निर्णय लिन बाध्य बनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : ११ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर