नौ अंकले घट्यो शेयर बजार  « Khabarhub

नौ अंकले घट्यो शेयर बजार 


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले घटेर दुई हजार ७०५ दशमलव ३८ को बिन्दुमा कायम भएको छ ।

आज ३२४ कम्पनीको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ को कारोबार भएको नेप्सेले जनाएको छ ।

अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । 

त्यस्तै लगानी शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले घटेको छ ।

कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

 कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : २९ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६