केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन « Khabarhub

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । 

 बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न सोको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा समीक्षा भएको थियो । निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट पारित भई एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ कार्यान्वयनमा रहेको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : ४६ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार