कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ  « Khabarhub

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

मनोबल उच्च पार्न निर्देशन


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उनले कुल खसेको मतको दुई तिहाइ भन्दा बढी मत एमालेले बनाउने उनको भनाई छ ।
  
 बुधबार झापाको कमल गाउँपालिकाका  कार्यकर्ताहरूसँगको भेटमा उनले यहाँको विकास, रूपान्तरण, जनआधारका कारण सिङ्गो क्षेत्र नै एमालेको पक्षमा एक ढिक्का रहेको बताए । 

त्यस क्रममा उनले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढी आपराधिक कार्यहरू भएको उल्लेख गर्दै त्यस बेला केही व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधिक कार्य गर्दा मृत्यु भएको उल्लेख गरे । 

‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान्, दबाब देलान्’ अध्यक्ष ओलीले भने, ‘त्यस्तो दबाबलाई स्विकार्ने कुरा आउँदैन ।’ 

कांग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यी सब गराइएको उनको भनाई छ । अस्थिरताको खेती गर्नेहरूले यी सब काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीले उल्लेख गरे  । 

‘त्यो त आपराधिक घटना हो नि । नगरपालिका किन जलाएको, बिजनेस कम्प्लेक्स किन जलाएको ?’ उनले भने, ‘दमक नमूना सहरको रुपमा विकास भई रहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रुपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’ 

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सवैका आँखा अघि छर्लङ्ग रहेको भन्दै उनले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरूबाट केही हुन पनि नसक्ने दाबी गरे । 

यहाँको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्‌न बाँकी रहेछ भने बुझाउन पनि उनको आग्रह छ । 

 दमकमा अपांगता भएकाहरूको सिक्री झिक्ने, अपमान गर्नेहरूबाट जोगाउँदै विकासका कामलाई थप तीव्रता दिन जरुरी रहेको उनले उल्लेख गरे  । 

सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाह नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकीकृत वस्ति विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि उनले स्मरण गराए । 

रंगशाला बनाउन थाल्दा अरूले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला फागुनको चुनाव पछि बनाइने पनि बताए । 

पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडा स्तरमा रहेका मतदाता र कार्यकर्ताहरूलाई उनले अलग अलग भेट गरी रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : १९ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति