करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात « Khabarhub

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा  सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।

गत पुस मसान्तसम्ममा कूल नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाखको वस्तु आयात हुँदा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ।

वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रु चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ । 

अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रु एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ । चीनबाट एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा ६४ करोड नौ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ ।

नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरूमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र ५१ करोड दुई लाखको निर्यात गर्दा ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा रु ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रु ३३ अर्ब सात करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रु २७ अर्ब चार करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । 

त्यसैगरी यो अवधिमा रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट संकलिन यो अवधिको भन्सार राजस्व रु दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार बराबर छ ।

त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रु ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ भने रु सात अर्ब १९ करोड ९५ लाखको अलैँची, चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रु तीन अर्ब ११ करोडको कार्पेटलगायत छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : ३४ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६