स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त « Khabarhub

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन बनेको थियो ।

बीमा बोर्ड नेतृत्वविहीन हुँदा कामकाज सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । 

डा. पौडेल मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् । सरकारी अस्पताललाई भुक्तानी गर्ने रकम रोकेर निजीलाई मात्र दिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेपछि डा. काफ्लेले पदबाट राजीनामा दिएका थिए । 

सेवा प्रदायक अस्पतालहरूलाई ११ अर्ब रकम भुक्तानी गर्न बाँकी छ । सरकारले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका थिए । स्वास्थ्य मन्त्रालयले भने उनीसँग स्पष्टीकरण माग्ने तयारी गरेको थियो । सरकारले उपलब्ध गराएको रकमबाट निजी अस्पतालको मात्र भुक्तानी गरेको उनलाई आरोप लगाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ०९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत