मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ सय २१ किलोग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ रूप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका-५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय पालुङ र इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ह १५०७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी अटो चालक घनश्याम र अटोमा सवार सानुकान्छालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया