पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लु१च ६९८५ नम्बरको बोलेरो जिप गुल्मीको रिडी–खज्र्याङ सडकखण्डअन्तर्गत खोल्टेपानीमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा जोगीथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको स्थानीयले बताएका छन्।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि गुल्मीको तम्घास पठाइएको छ भने दुर्घटनाका कारणबारे थप अनुसन्धान भइरहेको छ।













प्रतिक्रिया