के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ? « Khabarhub

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले दर्शक र समीक्षक दुवैलाई प्रभावित गरेको छ।

धेरैले त फिल्मको सफलताको मुख्य कारण नै अक्षय खन्नाको परफर्मेन्स भएको बताइरहेका छन्। यही लोकप्रियताको कारण पछिल्लो समय बलिउडका ठूला प्रोजेक्टहरूसँग उनको नाम स्वतः जोडिन थालेको देखिन्छ।

यस्तै चर्चामा परेको फिल्म हो, ‘रेस ४’। ‘रेस’ फ्रेन्चाइजीको नयाँ भागको तयारी चलिरहँदा सामाजिक सञ्जालमा अक्षय खन्ना फेरि ‘रेस ४’ मा देखिने भन्ने हल्ला तीव्र रूपमा फैलियो। ‘रेस’ फ्रेन्चाइजीको अघिल्लो भागमध्ये एकमा अक्षय खन्ना देखिएकाले धेरैले उनलाई ‘रेस ४’ मा पनि देख्न पाइने अनुमान गर्न थालेका छन्।

फिल्मका निर्माता रमेश तौरानी ले हालै दिएको अन्तर्वार्तामा अक्षय खन्नाको ‘रेस ४’ मा कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।

यसको कारण ‘रेस’ फ्रेन्चाइजीको कथा संरचनासँग जोडिएको छ। यस सिरिजमा अक्षय खन्नाले निभाएको पात्रको कथा समाप्त भइसकेको छ।

‘रेस’ को कन्सेप्टअनुसार सैफ अली खानको पात्रले हरेक फिल्ममा नयाँ र खतरनाक भिलेनसँग सामना गर्छ। त्यसैले ‘रेस ४’ मा निर्माताहरू नयाँ खलनायकको खोजीमा रहेको निर्माता बताउछन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ०७ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक