प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ « Khabarhub

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

उनले बहुपक्षीय संस्थाको कमजोर र स्वार्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरूपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताए ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताए ।

उनले बताए , “नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा सङ्घसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।”

उनले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताए ।

प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु हो भने । उनले थपे, “हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रियहितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ ।”

बहुसाँस्कृतिक समाजमा पारम्परिक सम्बन्ध, आपसी सहिष्णुता र एकता कायम गर्दै राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले भने, “राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही नेपालका सबै सम्बद्ध निकायलाई सबल, सक्षम र सुदृढ बनाउन तथा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान र विश्लेषण गरी प्रतिरक्षा, आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा, परराष्ट्र र अर्थनीतिमा सामाञ्जस्यता ल्याएर सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ ।”

नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता पुर्खाको दूरदृष्टि, राष्ट्रपतिको समर्पण र बलिदानबाट मात्र सम्भव भएको बताउँदै उनले वर्तमान पुस्तामा नेपालको इतिहास र परम्पराको ज्ञानबाट राष्ट्रभक्तिको भावना विकास जागृत तुल्याउन आवश्यक रहेको धारणा राखे ।

उनले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा सबै सरोकारवाला निकाय र नागरिकमा साझा बुझाइको आवश्यकता महसुस गरी राष्ट्रिय विश्वविद्यालयको स्थापना र सञ्चालन अघि बढाइएको स्पष्ट पारे ।

प्रधानसेनापति सिग्देलले भने, “भविष्यमा आइपर्नसक्ने बहुआयामिक चुनौतीलाई सामान गर्न राजनीतिक तहमा सोच्नसक्ने, अन्तरनिकायबीचको समन्वय र राष्ट्रियहितलाई केन्द्रमा राखेर रणनीतिक तहको नेतृत्व उत्पादन र विकास गर्न राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ ।”

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक एवं उपरथी विष्णु राउतले नेपालको ठूलो प्राज्ञिक अनुसन्धान संस्थाका रूपमा अघि बढिरहेको विश्वविद्यालयको पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए ।

विश्वविद्यालय प्राज्ञिक समूहका सदस्य डा शम्भुराम सिंखडा समाज छलफल र बहसबाट अघि बढ्ने भए पनि सुरक्षा फौज भने निश्चित संरचना, अनुशासन र आदेशमा चल्ने सङ्गठन भएको पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।

परराष्ट्र मामिलाका जानकार विषयविज्ञ डा डा निश्चलनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अङ्ग घाइते भएकाबेला नेपाली सेनाको अनुभव, क्षमता, रणनीतिकज्ञान र सुझबुझपूर्ण कार्यले मुलुकमा नयाँ सरकार गठन भई चुनावी वातावरण बन्न पुगेको धारणा राखे ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : ५३ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको