प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम « Khabarhub

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेर अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको बताएकी हुन् ।

‘जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो,’ उनले भनेकी छन्, ‘तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’

उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै अगाडि भनकी छन्, ‘यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू। तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ। हजार आलोचना, हजार शंका र हजार बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ। अब जिम्मेवारी हाम्रो हो।अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौं।’

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : ४३ बजे

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु