इस्लामिक स्टेटले लियो अफगानिस्तानको चिनियाँ होटेलमा भएको आक्रमणको जिम्मा « Khabarhub

इस्लामिक स्टेटले लियो अफगानिस्तानको चिनियाँ होटेलमा भएको आक्रमणको जिम्मा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा चिनियाँद्वारा सञ्चालित होटेलमा गराइएको आक्रमणको जिम्मा आतङ्कवादी संगठन इस्लामिक स्टेटले लिएको छ । राजधानी काबुलमा चिनियाँहरुले सञ्चालन गर्दै आएको होटेलमा भएको बम आक्रमणमा परी सात जनाएको ज्यान गएको थियो ।

ज्यान गुमाउनेमा एक जना चिनियाँ नागरिक र अन्य ६ जना अफगान नागरिक छन् । घटनामा अन्य केही घाइते भएका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार घाइते हुनेमा एक जना बालक समेत रहेको अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अमाक एजेन्सीमार्फत् विज्ञप्ति जारी गर्दै उक्त संगठनले आक्रमणको जिम्मा लिएको हो ।

उक्त आक्रमण आत्मघाती प्रकृतिको रहेको जनाइएको छ । इस्लामिक स्टेटले उइग्युर समुदायविरुद्ध चिनियाँ सरकारले अपराध गरिरहेको विरोधमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ८ : २२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज