विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन् « Khabarhub

विश्वप्रकाशको दाबी : निर्वाचनमा जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउँछन्


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने सङ्कल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनुपर्ने बताए ।

“अहिले देशमा विषम परिस्थिति छ,” उनले भने, “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो । तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।”

उनले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरूलाई आह्वान गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ९ : ११ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका