काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू) « Khabarhub

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्।

हजारी पात्रो अनुसार नवौँ महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज पढी ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ।

विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ। पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।

यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।

कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ।

साथै, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको रकम दान गर्ने चलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने मान्यता छ।

एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए । यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ।

इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने गर्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १० : ०१ बजे

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ

प्रकाशित भयो एसईई नतिजा, उत्तीर्ण भए ६५.९८ प्रतिशत विद्यार्थी

काठमाडौँ । एसईई नतिजा प्रकाशित भएको छ । यसवर्ष ६५

‘प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकोले नीति कार्यक्रमको समयमा केहीबेर विश्राम’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता