कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

जनरल जेड नेपाल, राष्ट्रिय जननेता अभियान लगायतका समूहमा आवद्ध युवाहरूले आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका व्यक्त गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘जेन(जी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’, ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेर जेन(जी आन्दोलनका शहीद तथा घाइतेहरूमाथि अन्याय भइरहेको बताएका छन्। उनीहरूले आन्दोलनको जगमा उभिएर केही नेताहरू सांसद बने पनि आन्दोलनको मूल उद्देश्य अझै पूरा हुन नसकेको दाबी गरे।

युवाहरूले भदौ २३ र २४ का घटनामा सरकारी संरचना जलाउने तथा प्रहरीमाथि आक्रमण गर्ने समूह आफूहरू नभएको स्पष्ट पार्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नभएको भन्दै युवाहरूले पारदर्शितामाथि प्रश्न उठाएका छन्।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  २ : ५८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका