कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

जनरल जेड नेपाल, राष्ट्रिय जननेता अभियान लगायतका समूहमा आवद्ध युवाहरूले आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका व्यक्त गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले ‘जेन(जी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’, ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेर जेन(जी आन्दोलनका शहीद तथा घाइतेहरूमाथि अन्याय भइरहेको बताएका छन्। उनीहरूले आन्दोलनको जगमा उभिएर केही नेताहरू सांसद बने पनि आन्दोलनको मूल उद्देश्य अझै पूरा हुन नसकेको दाबी गरे।

युवाहरूले भदौ २३ र २४ का घटनामा सरकारी संरचना जलाउने तथा प्रहरीमाथि आक्रमण गर्ने समूह आफूहरू नभएको स्पष्ट पार्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसके पनि हालसम्म सार्वजनिक नभएको भन्दै युवाहरूले पारदर्शितामाथि प्रश्न उठाएका छन्।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  २ : ५८ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको