कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित « Khabarhub

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडक खण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन । लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो ।

शुक्रबार दिउँसोदेखि परेको वर्षाले दाउन्नेको उकालो खण्डमा सवारीसाधन चिप्लिएर गुड्न नसक्दा जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार घिउखोला, विश्वकर्मा मन्दिर क्षेत्र र पैसट्ठीमोड आसपासमा बढी समस्या देखिएको छ ।

दाउन्ने खण्डमा सवारीसाधन फसेर जाम बढ्न थालेपछि पूर्वबाट पश्चिमतर्फ जाने ठूला तथा मालवाहक सवारी साधनलाई कावासोती क्षेत्रमै रोकिएको छ । यसअघि सडकको अवस्थालाई ध्यानमा राख्दै नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माण भइरहेकाले सामान्य वर्षामै पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । अवरोध हटाई सवारी सञ्चालन सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : ४६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह