इटहरी गोल्डकपको उपाधि मोरङलाई « Khabarhub

इटहरी गोल्डकपको उपाधि मोरङलाई


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो ।

खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो ।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले रु पाँच लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डरतर्फ प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डरतर्फ प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षकतर्फ युवा समाज गछियाका प्रशिक्षक अर्जुन बस्नेतलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका फागुराम थारूलाई रु २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीतर्फ युवा समाज गछियाका सुजन चौधरीलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहको सहभागिता थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ५४ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ