इटहरी गोल्डकपको उपाधि मोरङलाई « Khabarhub

इटहरी गोल्डकपको उपाधि मोरङलाई


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो ।

खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो ।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले रु पाँच लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्डरतर्फ प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डरतर्फ प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षकतर्फ युवा समाज गछियाका प्रशिक्षक अर्जुन बस्नेतलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका फागुराम थारूलाई रु २५ हजार तथा सर्वोत्कृष्ट खेलाडीतर्फ युवा समाज गछियाका सुजन चौधरीलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी आठ समूहको सहभागिता थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ५४ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक