आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित « Khabarhub

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३० औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो ।

गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मुम्बईका बलर हाबी भएको खेलमा गुजरातको ब्याटिङ लाइनअप सस्तैमा समेटिएपछि खेल एकपक्षीय बनेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल तयार पारेको थियो । मुम्बईको जितमा युवा ब्याटर तिलक वर्मा नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४५ बलमा अविजित १०१ रन को शतकीय इनिङ खेले ।

यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ । आईपीएल तालिकामा मुम्बई चार अकंसहित सातौं स्थानमा छ । समान खेल खेलेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ३० बजे

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले