आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित « Khabarhub

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३० औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो ।

गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । मुम्बईका बलर हाबी भएको खेलमा गुजरातको ब्याटिङ लाइनअप सस्तैमा समेटिएपछि खेल एकपक्षीय बनेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल तयार पारेको थियो । मुम्बईको जितमा युवा ब्याटर तिलक वर्मा नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४५ बलमा अविजित १०१ रन को शतकीय इनिङ खेले ।

यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ । आईपीएल तालिकामा मुम्बई चार अकंसहित सातौं स्थानमा छ । समान खेल खेलेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ३० बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा