महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित « Khabarhub

महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन् ।

टीकापुर–१ सत्घरुवामा महिलाहरुले जीविकोपार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका छन् । सत्घरुवामा रहेको मिलिजुली कृषक समूहमा विपन्न वर्गका २३ महिलालाई छनोट गरी समूह बनाएर तरकारीखेतीमा लगाइएको छ ।

विगतमा ज्याला मजदुरी गर्ने महिलाहरु समूहमा आबद्ध भएपछि १२ कट्ठा जमिन भाडामा लिएर खेती गरिरहेका छन् । महिलालाई स्थानीय पालिकाको कृषि विकास शाखाको समन्वयमा दिगो विकास समाज भजनीले समुदाय सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाले कृषक अगुवा तालिम, प्राविधिक ज्ञान को छ । जसले महिलाहरुलाई बेमौसमी तरकारीखेतीसम्बन्धी ज्ञान भएको छ ।

अहिले उनीहरुको बारीमा काउली, टमाटर, खुर्सानी, भिन्डी, आलुलगायतका तरकारी लगाइएको छ । मङ्सिरमा रोपेको आलु बिक्रीका लागि तयार भएको छ । यसरी बेमोसमी तरकारीखेती गरिरहेका महिला किसानलाई सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थीले प्राविधिक सहयोग गरिरहेका छन् । प्राविधिकले फरक फरक तरिका र प्रविधिले खेती गर्दा कस्तो उत्पादन हुन्छ भनी अध्ययन भइरहेको र किसानलाई सिकाउने गरिएको प्राविधिक विद्यार्थी लक्ष्मी थारुले बताइन् ।

महिलाहरु जीविकोपार्जनसँगै खेती गर्दा आइपर्ने विपद्बारे समेत सचेत भएका आशा चौधरीले बताइन् ।

किसान कृष्णी चौधरीलगायत उनका २३ जना छिमेकी साथीहरु ज्यालादारी काम गर्थे । परियोजनाले जग्गा भाडामा लगेर तरकारीखेतीमा लगाएपछि अहिले तरकारीखेतीको आम्दानीले घर चलाउन, समस्या टार्न सहयोग भएको बताइन् ।

त्यसैगरी दशघरुवामा महिलाहरुले प्याजखेतीसमेत गरेका छन् । उनीहरुले गरेको प्याज अहिले बिक्रीका लागि तयार भएको छ । किसान महिलाले अर्गानिक तरकारी उत्पादन गर्ने भएकाले बजारको समेत समस्या छैन ।

उनीहरुले यहाँ उत्पादन भएको तरकारी केही घरमै र बचेको कृषि हाट बजारमा बिक्री गर्ने गरेका छन् । यसरी खेती गरिरहेका आफूलाई स्थानीय पालिकाले अनुदान दिने, आवश्यक कृषि औजार, पोली हाउसलगायतका सामग्री दिए सहज हुने उनीहरुको भनाइ छ । (रासस)

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ११ : ५० बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा