मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी « Khabarhub

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँ छन्।

प्रहरी उपरीक्षक कवित कटवालका अनुसार मियाँलाई रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाटै सोमबार राति पक्राउ गरिएको हो।

बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका मियाँको साथबाट प्रहरीले ४७५ ग्राम ब्राउनसुगर बरामद गरेको कटवालले बताए।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले तीव्र गतिमा भारतबाट नेपाल आउँदै गरेका मियाँलाई रोक्न दुई राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक कटवालले बताए।

‘उनले पहिले-पहिले पनि भारतबाट नेपालमा लागुऔषध ल्याई रानी, रंगेली र सिजुवा क्षेत्रमा बेचबिखन गर्ने गरेको सूचन थियो,’ कटवालले भने, ‘तीव्र गतिमा मोटरसाइकलमा भाग्न खोजेपछि पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको हो।’

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ। मोरङ प्रहरीले १ वैशाख २०८३ देखि प्रहरीले ‘लागुऔषधमुक्त मोरङ अभियान-२०८३’ सुरू गरेको थियो।

यसै अभियानअन्तर्गतको अपरेशन क्रममा उनी पक्राउ परेको प्रहरी उपरीक्षक कटवालले बताए। ‘रानी, रंगेली र सिजुवा क्षेत्रमा युवाहरूले सीमापारिबाट ब्राउनसुगरलगायत लागुऔषध ल्याउने, उतै सेवन गरेर पनि फर्किने क्रम रोकथामका लागि प्रहरी परिचालन गरिएको छ,’ कटवालले भने, ‘तीनै ठाउँमा भारत पुगेर फर्किने रोकेर युवाहरूलाई सचेत गराइरहेका छौँ।’

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : ०२ बजे

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको