किन भाइरल बन्दैछ रितेश र जेनेलिया रोएको भिडियो ? « Khabarhub

किन भाइरल बन्दैछ रितेश र जेनेलिया रोएको भिडियो ?


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक रितेश देशमुखको निर्देशनमा बनेको फिल्म ‘राजा शिभजी’को ट्रेलर रिलिज कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा रितेश र उनकी श्रीमती नयिका जेनेलिया डिसुजा दुवै रोएको देखिन्छ ।

बलिउडको आदर्श जोडीको छवि बनाएका उनीहरू रोएका भिडियो देख्दा फ्यानहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । कतिले श्रीमानको समर्थनमा सधैँ उभिने श्रीमतीका रुपमा जेनिलिया लिएका छन् ।

यसअघि सामाजिक सञ्जालमा यो जोडीलाई सधैँ हसिला र रमाइलो गरिरहेको देखिन्थे ।

मुम्बईंमा भएको उक्त कार्यक्रममा फिल्मका कलाकार सञ्जय दत्त र अविशेक बच्चन पनि सहभागी दिए ।

‘राजा शिवजी’ रितेशको ड्रिम प्रोजेक्ट हो । उनी र जेनेलिया शीर्ष भूमिकामा छन् । जेनेलिया निर्मात पनि हुन् ।

यो फिल्ममा रितेशले आफ्नो नाम रितेश विलासराव देशमुख राखेका छन् । विलासराव उनको बुवाको नाम हो । जो सन् २०१२ मा किड्नी र लिभरको खराबीले बितेका थिए ।

फिल्म निर्देशन गर्दाको चुनौतीहरू सेयर गर्ने क्रममा बुवाको सम्झनामा रितेशका आँखा रसाए ।

रितेशले बुवालाई सम्झनुको अर्को कारण पनि छ । फिल्मका नायक सञ्जय र रितेशका बुवा मिल्ने साथी पनि हुन् । सोहीकारण पनि यो फिल्म आफ्ना लागि विशेष रहेको रितेशले बताए ।

रितेश भावुक भएको देखेर उनकी श्रीमती जेनेलियाले पनि आशु रोक्न सकिनन् । श्रीमती रोएको देखेर रितेश झन् भावुक भए ।

रितेशका अनुुसार उनी यो फिल्म बनाउन पछिल्लो १० वर्षदेखि प्रयासरत थिए । अब भने यो फिल्म निर्माणको काम अन्तिम चरणमा आइपुगेको छ । मे १ मा यो फिल्म प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  २ : ०३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका