मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट « Khabarhub

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने संकत गरेको छ ।

भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही युरिया देशको विशाल कृषि प्रणालीका लागि मुख्य मल भएकाले यसको उत्पादन विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्य उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा ग्यास आपूर्ति प्रभावित भएको हो ।

यो जलमार्गबाट विश्वका करिब एक तिहाइ मल आपूर्ति हुने भएकाले अवरोधले विश्वव्यापी खाद्य उत्पादनमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ । भारतजस्तो कृषिमा निर्भर मुलुकका लागि यसको प्रभाव अझ गम्भीर मानिएको छ । भारतमा कुल रोजगारीको ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषिले ओगटेको छ । साना र कम उत्पादनशील खेती प्रणालीमा निर्भर किसानहरूका लागि मल अभाव थप चुनौती बन्न सक्छ ।

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च २०२६ मा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । यसअघि भने उत्पादनमा सुधारको क्रम देखिएको थियो-फेब्रुअरीमा ३.४ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र डिसेम्बर २०२५ मा ४.१ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारले भने तत्काल अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयका अनुसार देशमा हाल ‘पर्याप्त मल भण्डार’ रहेको छ र आपूर्ति स्रोतहरूलाई विभिन्न देशहरूबाट विविधीकरण गर्ने प्रयास भइरहेको छ ।

भारतमा मलको माग मुख्यतः मनसुन बाली रोपाइँ (जुन–जुलाई) अघि र जाडो सिजनका बाली रोपाइँ (अक्टोबर–नोभेम्बर) बेला उच्च हुन्छ । यही समयलाई लक्षित गर्दै सरकारले यसअघि अप्रिलमा मल अनुदान ११ प्रतिशतले बढाएको थियो, जसले बढ्दो मूल्यबाट किसानलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

तर भारतको मल प्रणाली आयातमा निर्भर रहँदै आएको छ । युरियासँगै रक फस्फेट, फस्फोरिक एसिड र पोटाशजस्ता कच्चा पदार्थका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आपूर्ति शृङ्खलामा आएको अवरोधले दीर्घकालीन असर पार्ने सम्भावना देखिएको छ ।

यसैबीच, विश्व व्यापार सङ्गठनले पनि मध्यपूर्व युद्धका कारण मल आपूर्तिमा आएको अवरोधले विश्व खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसले भारत मात्र नभई विश्वभर कृषि उत्पादन र खाद्य उपलब्धतामाथि दबाब बढ्न सक्ने संकेत गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : ५४ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी