उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित « Khabarhub

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स बुधबार मात्रै पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने भएका छन् । दुई देशबीच मध्यस्थतामा संलग्न पाकिस्तानी स्रोतलाई उद्धृत गर्दै अल जजीराले भान्स बुधबार मात्रै इस्लामााद पुग्ने जनाएको हो ।

उनी पाकिस्तानी समय अनुसार मंगलबार अबेर वासिङ्टन डीसीबाट इस्लामावादका लागि प्रस्थान गर्ने जनाइएको छ । यस अनुसार उनी बुधबार दिउँसोसम्म इस्लामावाद पुग्नेछन् ।

भान्ससँगै पहिलो चरणको शान्ति वार्ताझैँ राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिनिधिका रुपमा स्टिभ विटकफ र जारेड कुश्नर पनि पाकिस्तान जाने अपेक्षा गरिएको छ । वार्ताको तयारीका लागि केही अमेरिकी सैन्य विमानहरू यसअघि नै पाकिस्तानमा अवतरण गरिसकेका छन् ।

तर, इरानको टोली आउने वा नआउने भन्ने कुरा अझै निश्चित छैन । मंगलबार इरानका संसदका सभामुख र वार्ता टोलीका प्रमुख मोहम्मद बघेर कलिबाफले धम्कीको छायामा वार्ता स्वीकार नगर्ने बताएका छन् । यसले गर्दा दोस्रो चरणको शान्ति वार्ता हुनेमा आशंका अझै कायम छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  २ : ४० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै