गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक « Khabarhub

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका बेला यता सिंहदरबारमा भने मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् । यस्तोमा प्रधानमन्त्री बालेनले क्याबिनेट बोलाएर केही ठोस निर्णय दिन लागेको चर्चा छ।

तर सुधनलाई सरकारबाट फिर्ता बोलाउने-नबोलाउने निर्णय रास्वपाको हातमा पनि छ । यसअघि श्रममन्त्री दीपक साहलाई रविकै सिफारिसमा बालेनले हटाएका थिए ।

यो विवादबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् ।

यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् ।

उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवत: सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ। सुधनलाई वालेन्द्रले केही निश्चित जिम्मेवारी दिएर गृहमन्त्री बनाएका थिए ।

सुधन र वालेन्द्र दुवै भदौमा भएको दमनमा संलग्न भएको आरोप लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा एकमत थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : २३ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको