इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने « Khabarhub

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि सुरू हुन सक्ने अवस्था छ ।

समाचार संस्था रोयटर्सका यस वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने सम्भावना छ । यद्यपि इरानी टोली आउने भएमा अमेरिकाबाट उपराष्ट्रपति जेडी भेन्स वार्ताको नेतृत्व गर्नेछन् ।

तर उक्त वार्तामा महत्वपूर्ण प्रगति भयो भने अमेरिकी राष्ट्रपति ट्रम्प भौतिक रुपमै वा भर्चुअल रूपमा सहभागी हुन सक्नेछन्।

रिपोर्टअनुसार वार्तासँग सम्बन्धित एक पाकिस्तानी स्रोतले तयारी भइरहेको बताएको छ। वार्ता ‘सही दिशामा’ अगाडि बढिरहेको पनि उक्त पाकिस्तानी श्रोतलले जनाएको छ।

यसले प्रारम्भिक चरणमा बिनासहमति टुंगिएको वार्ता पुनः गतिमा फर्किएको संकेत गर्छ।

यसअघि ट्रम्पले पनि आफूलाई इरानी अधिकारीहरूसँग भेट गर्न कुनै समस्या नभएको बताएका थिए। उनले भनेका थिए, ‘यदि उनीहरू भेट्न चाहन्छन् भने मलाई कुनै समस्या छैन।’

इरानी प्रतिनिधिमण्डल हिँडेन

इरानी सञ्चारमाध्यमका अनुसार वार्ताका लागि अहिलेसम्म कुनै पनि इरानी प्रतिनिधिमण्डल पाकिस्तानतर्फ प्रस्थान गरेको छैन।

इरानको सरकारी टेलिभिजनले टोली हिँडेको भनेर आएका समाचारहरू मंगलबार अस्वीकार गरेको छ । उक्त समाचारमा इरानी टोली वार्ताका लागि प्रस्थान गरिसकेको दाबी गरिएको थियो।

धम्कीको कडा जवाफ दिने

इरानको संयुक्त सैन्य कमाण्डले मंगलबार अमेरिकाको कुनै पनि धम्कीको कडा जवाफ दिन तयार रहेको जनाएको छ।

खातम अल-अनबिया केन्द्रीय मुख्यालयका कमाण्डर अली अब्दोल्लाहीले इरानका सशस्त्र बल एकजुट रहेको र शत्रुको कुनै पनि कदम वा धम्कीको तुरुन्त, निर्णायक र कडा जवाफ दिन तयार रहेको बताए।

उनले इरानका लगातार मिसाइल र ड्रोन आक्रमणकै कारण अमेरिका र इजरायल युद्धविरामको माग गर्न बाध्य भएको दाबी पनि गरे।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ३४ बजे

‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका

प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा

फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक