पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस « Khabarhub

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुईजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा चलाएको छ।

निर्माण सेवाका सञ्चालक तथा संयुक्त उपक्रम (जेभी) कम्पनीमार्फत् भएको ठेक्का प्रक्रियामा अनियमितता गर्दै घुस लिएको आरोपमा उनीहरूमाथि मंगलबार मुद्दा दायर गरिएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विशेष अदालतमा आरोपपत्र दर्ता भइसकेको छ।

अख्तियारको अनुसन्धानअनुसार कुल ६४ करोड २१ लाखभन्दा बढीको ठेक्का प्रक्रियामा संलग्न रहँदा इन्जिनियर श्रेष्ठले सहजीकरण गर्ने नाममा करिब ४ करोड २२ लाख ७५ हजार घुस लिएको खुलेको छ।

उक्त रकम सहायक पथ प्रदर्शक देउकला अधिकारीको बैंक खातामा विभिन्न मितिमा जम्मा गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त रकम प्रयोग गरी जग्गा, सुनलगायत सम्पत्ति खरिद गरिएको तथा गैरकानुनी स्रोत लुकाउने उद्देश्यले विभिन्न वित्तीय कारोबार गरेको पनि देखिएको छ।

त्यसैअनुसार दुवै जनाले भ्रष्टाचार निवारण ऐन २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अन्तर्गत कसुर गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध कैद, जरिवाना तथा सम्पत्ति जफतको मागदाबी पनि गरेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ५७ बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा