यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए ।

नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए ।

यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए ।

यसअघि सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ४४ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा