यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत « Khabarhub

यूएईद्वारा नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए ।

नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए ।

यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए ।

यसअघि सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हार व्यहोरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ४४ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग