पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ « Khabarhub

पोखराको लेकसाइडमा पर्यटकलाई हैरान बनाउने थप तीन महिला पक्राउ


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा पर्यटकलाई हैरान बनाउने थप तीन महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रातको समयमा पर्यटकलाई लक्षित गरी दुःख दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि पनि सोही अभियानअन्तर्गत १६ महिला पक्राउ परिसकेका छन् । प्रहरीले लेकसाइड क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।

प्रहरीका सूचना अधिकारी गणेश पाण्डेका अनुसार पर्यटकमैत्री वातावरण कायम राख्न निगरानी र कारबाही दुवैलाई कडाइका साथ अघि बढाइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ४५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन