प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस् « Khabarhub

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे खुलापत्र : केराका बिचौलियालाई कारबाही गर्नुहोस्, किसानको पसिनाको मूल्य दिनुहोस्


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्।

उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।

खुलापत्रमा शाहीले लेखेका छन्, ‘बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था हो।उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था अन्यायपूर्ण छ ।’

उनका अनुसार यस समस्याको प्रमुख कारण बिचौलियाको अत्यधिक प्रभाव हो। किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको उनले बताएका छन् ।

किसानहरू सिधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको उनको भनाइ छ । शाहीले यो समस्या केवल केरा बालीमा सीमित नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको बताएका छन्।

‘यदि यस्ता समस्या समाधान गरिएन भने किसानहरू कृषि पेशाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्छ,’खुलापत्रमा भनिएको छ।

उनले सरकारसँग केराका बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गरेका छन्। ‘किसानको पसिनाअनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ उनले जोड दिएका छन्।

शाहीले अन्त्यमा यस गम्भीर विषयमा सरकार चाँडै संवेदनशील भई प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ९ : ११ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा