आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ ७ गते बिहीबारको राशिफल


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ ७ गते बिहीबार। जेठ शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२६ मे २१ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। देशको नेतृत्व चयन गर्ने अवसर पाउँदा मनमा खुशी बढ्नेछ ।

वृष : दिन सहज छ । गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खटपटी बढ्नेछ। काम गर्दा  विवेक  प्रयोग गर्नुपर्ने दिन छ ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। दीर्घकालीन निर्णय लिने दिन छ । तपाईको बोली परोपकारका काममा प्रयोग गर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

कर्कट : दिन सहज छ। साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ। दीर्घकालीन नयाँ योजना बन्नेछन्। निर्णय गर्दा साँच्नुपर्ने हुन्छ ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

सिंह : दिन सामान्य  राम्रो छ। मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। लामो यात्राको योग छ ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

वृश्चिक : दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

धनु : दिन सामान्य छ ।  स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। आज मानसम्मान प्राप्त हुनेछ। काम गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

मकर :मन अशान्त बन्ने जोखिम छ। निर्णय गर्दा सचेत बन्नुपर्ने हुन्छ । सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

मीन : दिन राम्रो छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। आज आफन्तबाट भने धोका हुनसक्छ। निर्णय क्षमता बढ्दा मन शान्ता बन्नेछ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : १२ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी