आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी « Khabarhub

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।

इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्त्वपूर्ण इनिङ खेले । उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो ।

यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि १३ अंक जोडेको छ । कोलकाता तालिकाको छैटौं स्थानमा छ । नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : २८ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले