आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी « Khabarhub

आईपीएल: मुम्बईलाई हराउँदै कोलकाता चार विकेटले विजयी


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कोलकाता – मनीष पाण्डेको उत्कृष्ट ब्याटिङको मद्दतले कोलकाता नाइट राइडर्स (केकेआर) ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ ।

इडेन गार्डेन्समा बुधबार राति भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । ७ बल बाँकी छँदै लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि मनीष पाण्डेले ३३ बलमा ४५ रनको महत्त्वपूर्ण इनिङ खेले । उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनाएको थियो ।

यो जितसँगै कोलकाताले अन्तिम खेल अगाडि १३ अंक जोडेको छ । कोलकाता तालिकाको छैटौं स्थानमा छ । नवौं स्थानमा रहेको मुम्बई आठ अंकमा सीमित छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : २८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका