अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर « Khabarhub

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराइने भएको छ ।

महानगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै पोखरा–१८ अँधेरीकुनादेखि २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने पिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो ।

महानगरको प्राविधिक टोलीले नाप गरी पोल गाडिएको क्षेत्रभित्रका सबै संरचना हटाइने भएकाले तोकिएको अवधिभित्र संरचना हटाउन सूचित गर्दै नहटाएमा महानगर आफैँले हटाउने र त्यसवापत लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ ।

यसअघि गत वैशाख ४ गते पनि सार्वजनिक सूचनामार्फत फिर्केखोला खोलाघरभित्रका संरचना हटाउन ३५ दिनको समय दिएको थियो । यस्तै, महानगरले २०८० साल कात्तिक १० गते पनि उक्त खोलको खोलाघर क्षेत्रभित्र पर्ने संरचनाहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएकामा अदालतबाट उत्प्रेषण र परमादेशको आदेश जारी गर्नु नपर्ने भनी फैसला भइसकेको छ । अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको अघिल्लो सूचना समेतलाई आधार मान्दै यही जेठ ९ गतेभित्र फिर्केखोला क्षेत्रमा जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना हटाउन समयसीमा दिइएको हो ।

महानगरले प्रस्तावित आधुनिक पोखरा बसपार्कको अतिक्रमित जग्गा पनि खाली गराई बसपार्क निर्माणलाई अगाडि बढाउने भएको छ । यही जेठ ८ गतेभित्र बसपार्कको जग्गामा बसोबास गर्ने सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले विवरण सङ्कलन गरिने भएको हो ।

बुधबार जारी सूचनामा यसअघि निस्सा पाएका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा आफ्नो र परिवारको विवरण बुझाउन पनि आग्रह गरिएको छ ।

नगरपालिकाबाट वितरण भएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, घरमूली र परिवारका अन्य सदस्यको नाता प्रमाणित वा घरमूली आफैँले नाता खुलाएको स्वःघोषणापत्र बुझाउनुपर्ने जनाइएको छ ।

आधुनिक सुविधासम्पन्न बसपार्क बनाउन पोखरा–९ पृथ्वीचोकमा २०३१र३२ तिर दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएको थियो । बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणा पर्दै हाल करिब ६० रोपनी जग्गा मात्र बाँकी छ ।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क बनाइने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ७ : ४३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,