प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित) « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक- २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक- २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक- २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

मन्त्री डा. वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक- २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ९ : २० बजे

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको