विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर « Khabarhub

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी युरोपेली क्लबमा व्यावसायिक फुटबल खेल्छन् ।

फुटबल प्रशंसकका लागि रोमाञ्चक खेल हेर्न पाउनु खुसीको कुरा भए पनि, विश्वकपको मुखमा कतिपय खेलाडी गम्भीर चोटको सिकार छन् ।

यतिबेला सबैभन्दा ठूलो चासो र चिन्ता स्पेनका विङ्गर लामिन यमललाई लिएर भइरहेको छ । १८ वर्षीय बार्सिलोनाका यी स्टार खेलाडी यतिबेला विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । उनलाई विश्वकपमा हेर्नका लागि धेरै प्रशंसक उत्साहित छन् ।

यो विश्वकपमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीको उपस्थिति रहने निश्चित छ ।

प्रशंसकका लागि यी दुवै भेट्रान खेलाडी अन्तिम पटक विश्वकपको मञ्चमा सँगै मैदान उत्रिएको हेर्ने यो दुर्लभ अवसर हुनेछ ।

रोनाल्डोले अहिलेसम्म विश्वकप उपाधि जित्न नसकेका कारण यस पटक मेसीको त्यो कीर्तिमानसँग बराबरी गर्न उनी आफ्नो सम्पूर्ण शक्ति लगाउने दाउमा छन् । रोनाल्डोलाई पोर्चुगलको टोली घोषणमा समेटिएको छ । उनी ४१ वर्षको उमेरमा विश्वकप मैदानमा देखिने छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १० : ०२ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले