अपाङ्गता भएकालाई विपद पूर्वसूचनाबारे सिकाइँदै « Khabarhub

अपाङ्गता भएकालाई विपद पूर्वसूचनाबारे सिकाइँदै


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद पूर्वसूचना तथा विपद व्यवस्थापनसम्बन्धी जानकारी दिन थालेको छ । पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरुका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भनी जानकारी दिएको हो ।

टीकापुर बाढीजन्य विपदमा रहेको पालिका हो । यसबाहेक अन्य विपद्का बेला पनि कसरी सुरक्षित रहने, कस्को सहयोग लिने, सूचना कहाँकहाँबाट लिने भन्ने सिकाइएको छ । विपदसम्बन्धी सूचना स्थानीय पालिकामा रहेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र, मौसम पूर्वानुमान महाशाखा, रेडियो तथा टेलिभिजन, साइरन वा माइकिङ, मोबाइलमा आउने म्यासेज, सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, भल्मन्सा, चिराकी, प्रहरी, टोल विकास संस्था, विपद् व्यवस्थापन समितिमार्फत सूचना लिन सकिने टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन् ।

यसपालिकामा आगामी वर्षको योजनासमेत निर्माण भइरहेकाले अपाङ्गता भएकाहरुको समावेशीकरण, अपाङ्गमैत्री योजनामा प्राथमिकता दिन उनीहरुसँग छलफल चलाइरहेको चौधरीको भनाइ छ । शिक्षक तथा कैलाली अपाङ्ग सेवा सङ्घमा आबद्ध दुर्गा खत्री विपद्का समयमा अपाङ्गता भएकालाई समयमै सूचना पाउन र सुरक्षित स्थानमा जान कठिन हुने भएकाले सूचनामा पहिलो प्राथमिकता दिन र अपाङ्गमैत्री संरचना बनाउन, सहयोगी वातावरण बनाउनुपर्ने बताउँछिन् ।

होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य निसात विक्रम बम हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने बताए । ‘विपद्का समयमा अपाङ्गता भएकालाई प्राथमिकता दिएर काम गर्नुपर्ने, सेल्टरहरु पनि अपाङ्गमैत्री बनाउनुपर्ने आवश्यकता छ’, उनी भन्छन्, ‘दृष्टिविहीन, श्रवण अशक्त र शारीरिक अपाङ्गता जसले ह्विलचेयरको प्रयोग गर्नुहुन्छ, उहाँहरुलाई विशेष प्राथमिकता दिने योजना हुनुपर्छ ।’

टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी विपदमा पूर्वसूचना र तथ्याङ्क महत्वपूर्ण हुने भएकाले वडा नम्बर ६ मा सबैको तथ्याङ्क लगिएको बताउँछन् । टीकापुर नगरपालिकाबाट अपाङ्गता परिचयपत्र बनाउनेको सङ्ख्या एक हजार ४०० बढी छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ११ : ३८ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले