श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर « Khabarhub

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अध्यक्ष साम्पाङले संसद्प्रति जबाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए ।

सुकुम्वासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री सदनप्रति जबाफदेही हुनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउँदै आएको छ । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १२ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर