हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है « Khabarhub

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ ।

अहिले फिल्मका शीर्ष कलाकारहरू दर्शक भेट्नलाई धरान पुगेका छन् । धरानकै मेयर बनेर चर्चामा आएर अहिले सांसद बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो फिल्म प्रदर्शनमा ल्याउनु नहुने बताएका थिए ।

कानुनी प्रक्रियामा रहँदा हर्कले यो फिल्म रोक्नुपर्ने सार्वजनिक धारणा राख्दै आएको थिए ।

फिल्म प्रदर्शनमा आएपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘लालीबजार नामक विवादित फिल्म रोक्नुपर्छ है । त्यो फिल्मले सामाजिक अपमान गरेको भन्ने आएको छ ।’

हर्कको उक्त अभिव्यक्तिले निर्माण टिम रुष्ट रहँदै आएको थियो । निराधार आरोप लगाएको उनीहरूको आशय थियो ।

अहिले उक्त फिल्म हर्ककै गृह शहरमा प्रदर्शन छ । उनले रोक्नुपर्छ भनेको फिल्म उनको स्थानमा प्रदर्शनमा आएको छ र निर्माण टोली पनि उतै छ ।

सोहीकारण हर्कलाई कटाक्ष गर्दै स्वस्तिमाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हर्क साम्पाङ ज्यूको शहर धरानमा ‘लालीबजार’ टिम । धरानमा लालीबजार प्रदर्शन भइरहेको छ। यदि हेर्नुभएको छैन भने हेरेर प्रतिक्रिया दिनुहोला है ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : ०८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’