हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है « Khabarhub

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ ।

अहिले फिल्मका शीर्ष कलाकारहरू दर्शक भेट्नलाई धरान पुगेका छन् । धरानकै मेयर बनेर चर्चामा आएर अहिले सांसद बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो फिल्म प्रदर्शनमा ल्याउनु नहुने बताएका थिए ।

कानुनी प्रक्रियामा रहँदा हर्कले यो फिल्म रोक्नुपर्ने सार्वजनिक धारणा राख्दै आएको थिए ।

फिल्म प्रदर्शनमा आएपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘लालीबजार नामक विवादित फिल्म रोक्नुपर्छ है । त्यो फिल्मले सामाजिक अपमान गरेको भन्ने आएको छ ।’

हर्कको उक्त अभिव्यक्तिले निर्माण टिम रुष्ट रहँदै आएको थियो । निराधार आरोप लगाएको उनीहरूको आशय थियो ।

अहिले उक्त फिल्म हर्ककै गृह शहरमा प्रदर्शन छ । उनले रोक्नुपर्छ भनेको फिल्म उनको स्थानमा प्रदर्शनमा आएको छ र निर्माण टोली पनि उतै छ ।

सोहीकारण हर्कलाई कटाक्ष गर्दै स्वस्तिमाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हर्क साम्पाङ ज्यूको शहर धरानमा ‘लालीबजार’ टिम । धरानमा लालीबजार प्रदर्शन भइरहेको छ। यदि हेर्नुभएको छैन भने हेरेर प्रतिक्रिया दिनुहोला है ।’

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह