मौसम विभागले भन्यो- यसवर्ष सरदरभन्दा कम वर्षा हुने भएपनि बाढी जोखिम कायमै « Khabarhub

मौसम विभागले भन्यो- यसवर्ष सरदरभन्दा कम वर्षा हुने भएपनि बाढी जोखिम कायमै


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएपनि बाढीको जोखिम कायमै रहेको जनाएको छ ।

मनसुन अवधिमा कम वर्षा भई लामो समयसम्म खडेरी लाग्दा एक्कासि वर्षा भएर बाढी पहिरो आउने जोखिम कायमै रहेको विभागले जनाएको हो । 

विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । प्रवक्ता पोखरेलले मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढी प्रभावकारी हुँदै गएको बताइन् ।  

यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ । 

त्यस्तैगरि सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भूभाग, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी भूभाग, कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : ०४ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्