पछिल्लो २४ घण्टामा विपद्का २६ घटना, एक जनाको मृत्यु, ८ घाइते  « Khabarhub

पछिल्लो २४ घण्टामा विपद्का २६ घटना, एक जनाको मृत्यु, ८ घाइते 


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा आगलागी, चट्याङ, पहिरो, सर्पदंश तथा जनावर आक्रमणलगायत २६ वटा विपद्का घटना भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्  । 

मुस्ताङमा लेक लागेर एक पुरुषको मृत्यु भएको प्राधिकरणले जनाएको छ । घरपझोङ गाउँपालिका–२ मार्फास्थित होटलमा बसेका ४८ वर्षीय पुरुषलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विपद्का घटनाबाट करिब २ करोड २७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।सबैभन्दा ठूलो आर्थिक क्षति बाराको प्रसौनी गाउँपालिकास्थित पशुपति लाइटर फ्याक्ट्रीमा भएको आगलागीबाट भएको छ । 

लाइटर प्लान्टमा काम गर्ने क्रममा आगलागी हुँदा प्लान्टसहित करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी झापा, सुनसरी, धनुषा, सङ्खुवासभा, म्याग्दी, रुपन्देही, कैलाली र कञ्चनपुरमा विभिन्न आगलागीका घटना भएका छन् । काठमाडौंको पानीपोखरीस्थित एक होटलमा खाना पकाउने क्रममा आगलागी हुँदा एक पुरुष घाइते भएका छन् । 

चट्याङका घटनामा चितवन, तनहुँ, पाल्पा र पर्वतमा चौपाया मरेका छन् भने विद्युतीय सामग्रीमा समेत क्षति पुगेको छ । सुनसरी र मकवानपुरमा पहिरोका कारण सडक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

धनुषा, बारा, नवलपरासी पूर्व र कपिलवस्तुमा सर्पदंशका पाँच घटना भएका छन् । ती घटनामा बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

काठमाडौंमा कुकुरको आक्रमणबाट एक बालिका घाइते भएकी छन् भने जुम्लामा भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् ।

प्राधिकरणका अनुसार अधिकांश घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा नियन्त्रणको काम गरिएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : ४३ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्