प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख « Khabarhub

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् ।

बिहीबार बसेको संसद् बैठकमा पनि उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि खोज्न सभामुख अर्याल गएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर सभामुख अर्याल फर्किएका छन् ।

श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेसहितका सांसदहरूले संसद्मा प्रधानमन्त्रीको निरन्तर खोजी गरिरहेका छन् ।

तर राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद्बाट निस्केर हिँडेका शाह त्यसपछि देखिएका छैनन्।

प्रतिपक्षी दलहरूले मोर्चा नै बनाएर निरन्तर सदन अवरोध गरेपछि सभामुखले बालेन्द्रलाई संसद्मा आइदिन भनेका हुन् । वालेन्द्र सदनमा उपस्थित हुनेबारे भेटेर अर्यालले कुरा गरेको उनको सचिवालयले जनाएको छ । अहिले पनि उनीहरूबीच संवाद जारी छ।

नीति तथा कार्यक्रमको जवाफ दिनसमेत नआएका उनका कारण सभापति रवि लामिछानेसहितलाई नैतिक संकट परेको छ। आफ्नो पद उत्पति भएको संसद्लाई नै हेपेको भन्दै अहिले वालेन्द्रको आलोचना बढ्न थालेको छ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ४ : २९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील