इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा एकजनाआवासीय र तीनजना गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपालका लागि रुसी महासंघका आवासीय राजदूत अलेक्सेई व्लादिमिरोबिच सुरोवत्सेवसहित गैरआवासीय राजदूतहरू लम्जम्वर्गका क्रिश्चियन बिभर, अस्ट्रियाका डा.रोबर्ट जिस्किचजी र इरानका डा. मोहम्मद फतहलीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राजदूतहरूलाई लाजिम्पाटको होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। राष्ट्रपति कार्यालयले नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमार्फत सवारी गराइएको जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : ३५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का