इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा एकजनाआवासीय र तीनजना गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपालका लागि रुसी महासंघका आवासीय राजदूत अलेक्सेई व्लादिमिरोबिच सुरोवत्सेवसहित गैरआवासीय राजदूतहरू लम्जम्वर्गका क्रिश्चियन बिभर, अस्ट्रियाका डा.रोबर्ट जिस्किचजी र इरानका डा. मोहम्मद फतहलीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राजदूतहरूलाई लाजिम्पाटको होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। राष्ट्रपति कार्यालयले नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहित बग्गीमार्फत सवारी गराइएको जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ३५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने