साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो « Khabarhub

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक भार पर्न जान्थ्यो । तर, यसपालि भने विगतमा जस्तो जम्बो टोली जाने कुरालाई निरन्तरता दिइएन । यस पटकको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा खेलाडी र अफिसियलहरुको टिममा अनावश्यक सहभागिता छैन ।

भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टिमले सहभागिता जनाउनेछ । जसले गर्दा राखेपलाई आर्थिक भार कम पर्ने भएको छ । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमका २३ खेलाडीको सहभागिता रहेको छ । यस्तै एक व्यवस्थापक, एक मुख्य प्रशिक्षक, दुई सहायक प्रशिक्षक तथा समान एक गोलकिपर कोच, किट म्यानेजर, फिजियो र मिडिया म्यानेजर  रहेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरूलाई आज मन्त्रालयमा बिदाइ गरे ।  मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए  ।

यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ६ : ४१ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले